Top

नारा : " नतिजामुखी प्रशासन : समृध्दि र सुशासन "

Phone :
075-521407
Mail :
dlpiugmalipalpa@gmail.com
एनडिआई अध्यक्षद्वारा सिइओ ज्ञवालीसँग भेट > समाचार >एनडिआई अध्यक्षद्वारा सिइओ ज्ञवालीसँग भेट

 

काठमाडौं, मंसिर २
अमेरिकाको नेशनल डेमोक्रेटिक इस्टिच्युट फर इन्टरनेशनल अफेयर्सका अध्यक्ष डेरेक मिचलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग भेटघाट गर्नुभएको छ ।
सो अवसरमा एसिया–प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक मनप्रित सिंह आनन्द पनि उपस्थित हुनुहुन्थ्यो ।
भेटका क्रममा अध्यक्ष मिचलले २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्दा पाउँदा खुशी लागेको बताउनुभयो ।  
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका विविध क्षेत्रमा सहयोग पु¥याएकोमा एनडिआईप्रति धन्यवाद व्यक्त गर्नुभयो ।  
एनडिआईले पुनर्निर्माणका क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई संचार तथा प्रकाशनलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।


डाउनलोड