Top

नारा : " नतिजामुखी प्रशासन : समृध्दि र सुशासन "

Phone :
075-521407
Mail :
dlpiugmalipalpa@gmail.com
उज्जवल भोलिका लागि उत्थानशील पूर्वाधार > समाचार >उज्जवल भोलिका लागि उत्थानशील पूर्वाधार

 

काठमाडौं, मंसिर २
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा परामर्शदाता आर्किटेक्ट तथा इञ्जिनियर फर्महरुको समाज (स्केफ) को आयोजनामा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ‘उज्जवल भोलिका लागि उत्थानशील पूर्वाधार’ विषयक तीन दिने सम्मेलनका क्रममा नेपालको समृद्धिका लागि उत्थानशील पूर्वाधारका विविध आयामबारे छलफल हुँदैछ ।
सम्मेलनको उद्घाटन गर्दै उप–राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक विकासको खाका कोर्ने दायित्व इञ्जिनियर समुदायको भएकोले बलियो पूर्वाधार र संरचनामार्फत् उत्थानशील नेपाल निर्माणमा यो समुदायबाट योगदान पुग्ने विश्वास लिएको बताउनुभयो ।

 


 

सम्मेलनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले एक कार्यपत्र पेश गर्नुभयो । कार्यपत्रमा नेपालको सामाजिक–आर्थिक विकासमा पूर्वाधारको महत्व, जलवायु तथा विपद् जोखिम बहन गर्नसक्ने उत्थानशील पूर्वाधारको आवश्यकता तथा यस्ता पूर्वाधार निर्माणका चुनौती समेटिएको छ ।
डा. भट्टराईले नेपालजस्ता गरिब राष्ट्रहरुले विकास रणनीतिहरु तथा मापदण्ड निर्धारण गर्दा ठूला अन्तर्राष्ट्रिय फर्महरु भन्दा राष्ट्रिय परामर्शदाता तथा निर्माण कम्पनीहरु एवं गैरनाफामूलक अनुसन्धान संस्थाहरुलाई प्रबद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो ।

 


 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अनेक प्रतिकुलताका बाबजुद पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै त्यसक्रममा नेपाली समाज उत्थानशील रहेको पाइएको बताउनुभयो ।
पुनर्निर्माणका क्रममा संरचनाहरु उत्थानशील होउन् र आगामी विपद्हरुबाट कमभन्दा कम क्षति होस् भन्नेमा जोड दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।

 


 

कार्यक्रममा सहभागी अतिथि तथा सहभागीलाई स्केफका अध्यक्ष आर्किटेक राजेश थापाले स्वागत गर्नुभएको थियो । सम्मेलन बुधबारसम्म चल्नेछ


डाउनलोड